विराटनगर ।।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने बताएका छन् ।
उनले बरु आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने उनले प्रतिक्रिया दिए । प्रदेशसभा सचिवालयमा संचारकर्मीसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई विश्वासको मत भने नदिने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत माग्दै पत्र पठाउनु स्वभाविक भएको बताउदै उनले त्यसको जवाफ संसदबाटै दिने पनि बताए । थापाले कोशी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने पनि बताए ।