May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

मुख्यमन्त्री कार्की : विश्वास गर्नुस् न मलाई मत दिनुस् फेरी मध्यावधि हुन्छ

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १६:0४
मुख्यमन्त्री कार्की : विश्वास गर्नुस् न मलाई मत दिनुस् फेरी मध्यावधि हुन्छ
  • विश्वासको मत माग्दै मुख्यमन्त्री
  • मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी
  • प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल राख्ने प्रण 

विराटनगर ।।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे।
‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने ताए । ‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुपर्यो ’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे । उनले आफ्नो सरकार सफल भएको बताए ।सरकार ठिक ठाउमा रहेको र ठिक ढंगले अघि बढ्न सक्ने बताए । ४० सिट भएको आफ्नो दलले २ मन्त्री लिएर सरकार चलाउदा कुनै विवाद र समस्या नभएपनि साना दलमा विवाद देखिएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । नामाङ्कनको विषयमा भएका विरोध र असन्तुष्टलाई सम्बोधन गर्न छलफल सुरु भएको बताए । नामका विषयमा मन्त्री र प्रधानमन्त्रीले बोल्दा प्रदेशको आन्दोलनमा घिउ थप्ने काम गरेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले केही महिनाभित्र पहिचान पक्षधरको माग सम्बोधन गर्न सकिने बताए । उनले अघिल्लो सरकारका कारण आगामी आर्थिक वर्षमा बहुवर्षीय ठेक्काका कार्यक्रमहरु सञ्चालन गर्न नै नसक्ने अवस्थामा पुगेको मुख्यमन्त्री कार्कीले बताए । उनले प्रक्रिया नपुर्याई अघिल्लो सरकारले लगाएको ठेक्काको रकम भुक्तानी गर्न पनि नसकेको बताए ।

 

  • साझा परिवेश
  • बिहिबार, असार १४, २०८० १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट