May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

आमाछोरी मृत फेला : रौतहट

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १२:२४
आमाछोरी मृत फेला : रौतहट

रौतहट : मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरामा २४ वर्षीया महिला र २ वर्षीया बालिका मृत फेला परेका छन्।
रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार २४ वर्षीया माला भन्ने कविता देवी साह र उनकी २ वर्षीया छोरी आरुही कुमारी मृत फेला परेक हुन्।

बालिका आरुही कुमारी पंखामा झुन्डयाइएको अवस्थामा र कविता कुमारीको शव घर बाहिर रहेको भर्याङ मुनि फेला परेको प्रहरी उपरीक्षक बुढामगरले बताए।

घटना शनिबार बिहान करिव तीन बजे आसपास भए पनि हत्या हो वा आत्महत्या एकिन गर्न गाह्रो रहेको बताउँदै प्रहरी उपरीक्षक बुढामगरले अनुसन्धान भइरहेको बताए।

मृतक कविता साहका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साहसहित परिवार घटनापछि फरार भएका छन्। माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका बुवा विजय शंकर साहका अनुसार घटना बारे आफूलाई स्थानीय लखिन्द्र साहले फोन गरेको जानकारी दिएको बताए।

छोरी र ज्वाइँबीच पटक पटक बिवाद हुँदा आफूले मिलेर बस्न सम्झाइ बुझाइ गर्दै आएको बिजयले बताए। ज्वाइँ धिरेन्द्र साह र सम्धीसहितका व्यक्ति मिली हत्या गरेको मृतक कविता साहको बुबा विजयले आरोप लगाएका छन्। दाइजोमा थप नगद सिक्री औंठी नदिएको रिसमा घटना भएको माइती पक्षको आरोप छ।

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।