May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

दुई दिनदेखि सम्पर्कविहीन मेजरको खोजीकार्य जारी…..

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:0६
दुई दिनदेखि सम्पर्कविहीन मेजरको खोजीकार्य जारी…..
  • मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन
  • अझै सम्पर्कमा आएका छैनन्
  • पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन्

सुर्खेत ।।

नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति मेजर विमल पण्डित दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । ‘हामीले उहाँ हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेका छौं ।

हिजो रातभरी पनि खोजीकार्य जारी नै राख्यौं,’ प्रजिअ पोखरेलले भने, ‘अहिलेसम्म सम्पर्कमा हुन सकिरहेको छैन । के कति कारणले उहाँ सम्पर्कविहीन हुनुभयो भन्ने पनि जानकारी पाउन सकिएको छैन ।’

उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको प्रजिअ पोखरेलले जानकारी दिए ।पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङका लागि सेनाको टोली निस्किएको थिए । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको पोखरेलले बताए । खोजतलासका लागि नेपाली सेना र नेपाल प्रहरीले सोमबारदेखि निरन्तर प्रयास गरिरहेको प्रजिअ पोखरेलले बताए।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० ११:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट