sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:३३
रास्वपाले गठन गर्यो नागरिकलाई सेवा दिने टिम
  • रास्वपाले (र्यापिड एक्सस टीम) आरएटी गठन गरेको छ ।
  • केन्द्रीय समिति १२ जनाको  छ ।
  • आरएटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली हो ।
  • प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने काम आरएटी ले गर्छ ।

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ( र्यापिड एक्सस टीम, आरएटी ) गठन गरेको छ ।सामाजिक कार्यमा खट्ने उद्देश्यका लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्याउन सकिने रास्वपाले जनाएको छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् । उद्धारका लागि खटिने दु्रत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरएटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाल बताउँछन् ।

दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्नका लागि आरएटी परिचालन हुने भएको छ । ‘आपत विपतमा परेका जनतालाई उद्धार गर्ने, आवश्यक सहयोग पुर्याउने कामका लागि हामी खटिन्छौं,’ केन्द्रीय आरएटीका संयोजक साजन शर्माले भने, ‘प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने हाम्रो काम हो ।’

केन्द्रीय आरएटी

संयोजकः प्रदिप तिमल्सेना (साजन शर्मा)
उप-संयोजक- प्रेम थापा
सचिव-फणिन्द्र पौडेल
कोषाध्यक्ष-कृष्णबहादुर थापा

सदस्यहरू

राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान (मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid