May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सामाजिक सुरक्षामा खर्च गर्ने नेपालको क्षमता छैन : अर्थमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १४:२१
सामाजिक सुरक्षामा खर्च गर्ने नेपालको क्षमता छैन : अर्थमन्त्री
  • नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च।
  • अर्थतन्त्र सकारात्मक बाटोमा छ ।
  • कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्न सकेन ।

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेको बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई सामाजिक सुरक्षा खर्च दिइरहेको र यसबाट पछाडि फर्किन नसक्ने भन्दै उनले अब निर्णय गर्दा विचार गर्नुपर्ने बताए ।

‘अब तल्लो वर्ग, समूह विपन्न वर्गको तथ्याङ्‍क आउँदैछ, जो निश्चित आयभन्दा तल छ, उनीहरुलाई लक्षित गरेर हामी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गछौं,’ उनले भने । जसलाई आवश्यक छ, उसलाई सामाजिक सुरक्षा, अनुदान अथवा भत्ता दिनु पर्ने र आवश्यक नपर्ने वर्गमा सरकारले थप खर्च गर्नुपर्ने नीति ल्याइने उनको भनाइ छ । यसो हुँदा आगामी दिनमा खर्च व्यवस्थापन सहज हुने उनको भनाइ छ ।

अर्थतन्त्र सकारात्मक बाटोमा छ

अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको उनले बताए । उनले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन । समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’

२००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेको सन्दर्भ निकाल्दै उनले यस कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा पछाडि परेको समेत बताए ।

‘आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै छन् । माग धेरै छ, पूरा गरेका कुरा कम छ । यस अर्थ असन्तुष्टि आउनु स्वभाविक हो,’ उनले भने, ‘हामीले निर्णायक रुपमा सुधार गरेर लैजानुपर्छ । समग्र राज्य संरचना, आम नागरिकलगायत हामी सबैको सक्रियता जरुरी छ ।’ अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिका रहेको उनले बताए ।

कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्न सकेन

अथमन्त्री डा. महतले राजस्व संकलनमा समस्याका बीचमा पनि प्रगति भइरहेको दावि गरे । गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी राजस्व उठेको भन्दै उनले यस वर्ष कसिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन नसकेको समेत बताए ।

‘कसिलो मौद्रिकत नीतिले आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा भएन । ब्याजदर बढ्यो, यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन । जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन,’ उनले भने ।

एकातिर आयात कम हुँदा भन्सार कम उठेको र अर्कोतिर आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा राजस्व कम उठेको उनको भनाइ छ । सम्पन्न र कर तिर्नुपर्ने स्थितिमा रहेकाहरुलाई करको दायरामा ल्याएका कारण आगामी वर्ष राजस्व बढ्ने उनले बताए । आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको मन्त्री डा. महतको दावि छ । समयसीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रशासनिक खर्च घटाउन सबै समर्पित हुनुपर्ने भन्दै उनले उनले भने, ‘साना-साना बचतबाट हामीले ठूलो बचत गर्न सक्छौं । बचत गर्ने काममा हामी सबै गम्भीर भइयो भने ठूलो बचत हुन्छ । यो ठूलो बचतलाई हामी सही ठाउँमा उपयोग गर्न सक्छौं । यसो भयो भने श्रोत र साधनको हाहाकार रहँदैन ।’

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।