May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

नेसपा संगठन विस्तार गर्न तयारी हुदै

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १४:५९
नेसपा संगठन विस्तार गर्न तयारी हुदै
  • नेपाल समाजवादी पार्टीले वैकल्पिक शक्ति निर्माण गर्ने ।
  • नेसपाले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ ।

काठमाडौं ।।

नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहहरूसँग संवाद, सहकार्य बढाउँदै ध्रुवीकरणको पहल गर्ने र मुद्दा मिल्ने पार्टीहरुसँग मोर्चा बनाउने भएको छ । नेसपाले संगठन निर्माण तथा विस्तार अभियान २०८० अन्तर्गत अग्रगामी शक्तिहरूको वृहत ध्रुवीकरणमार्फत देशमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्न प्रयत्नशील रहने समेत जनाएको छ ।

केही समयअघि बसेको नेसपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार यही असारबाट सुरु भइ पुस महिनासम्म चल्ने अभियानको विस्तारित खाका नेसपाले सार्वजनिक गरेको हो । पार्टी प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ ।’

केही समयअघि बसेको नेसपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार यही असारबाट सुरु भइ पुस महिनासम्म चल्ने अभियानको विस्तारित खाका नेसपाले सार्वजनिक गरेको हो । पार्टी प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘दीर्घकालीन वैचारिक स्पष्टतासहित तत्कालीन जनसरोकारका मुद्दामा दृढ भएर आम जनताबीच संगठन निर्माण गर्दै सडक, सदन र सरकार तीनवटै ठाउँबाट जनतालाई गोलबन्द गरेर अघि बढ्ने उद्देश्यले ‘संगठन निर्माण तथा बिस्तार अभियान’ सञ्चालन गरिएको छ ।’

अभियानमार्फत पार्टीलाई वैचारिक रूपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने नेसपाले जनाएको छ । साथै, सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल बिस्तार गर्ने नेसपाको विज्ञप्तिमा उल्लेख छ । अभियानअन्गर्तगत वैचारिक तथा राजनीतिक, संगठन निर्माण तथा विस्तार, संयुक्त मोर्चा र ध्रुवीकरण, जनसंघर्ष र जनपरिचालनको लक्ष्य राखेको छ ।

अभियानको संयोजन प्रदेशमा केन्द्रीय कार्यकारिणी सदस्यहरुले गर्नेछन् भने जिल्ला र पालिकाहरुको अभियानको नेतृत्व केन्द्रीय सदस्य, संघीय परिषद सदस्य वा प्रदेश सदस्यले गर्नेछन् । नेसपाले अभियान्ताहरूले पालना गर्नुपर्ने नियम र आचारसंहिता समेत सार्वजनिक गरेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।