April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

स्वास्थ्यमन्त्री बस्नेतलाई मेयर हर्कको पत्र : उपकुलपति कार्कीलाई तुरुन्त उपस्थित गराइदिनु !

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १४:0८
स्वास्थ्यमन्त्री बस्नेतलाई मेयर हर्कको पत्र : उपकुलपति कार्कीलाई तुरुन्त उपस्थित गराइदिनु !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा प्रह्लाद कार्कीलाई उपस्थित गराइदिन माग गरेका छन् । उनले मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

मेयर साम्पाङले उपकुलपति कार्कीले कार्यकारिणी समितिको बैठक बोलाउन नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकेर बसेको पनि पत्रमा उल्लेख गरेका छन् । त्यस्तै प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउने अराजक गतिविधि गरेको मेयर सम्पाङको आरोप छ ।

‘प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षा समेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कामयमुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तुरुन्त उपस्थित गराइ हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन अनुरोध छ,’ साम्पाङले मन्त्री बस्नेतलाई पठाएको पत्रमा भनेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २, २०८० १४:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट