May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावग्रस्त

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० २0:४0
टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि तनावग्रस्त

सुनसरी ।  इटहरीको मुख्य चोकमा  टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

आज  मंगलबार दिउँसो ३:४५ बजेतिर ना १ क ९१०७ नम्बरको टिप्परले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो।  स्कुटरमा मृतक महिलाकी  छोरी पनि सवार थिइन उनी  घाईते भएको प्रहरीले जनाएको छ।

टिपर चालकले ठक्कर दिएपछि घाइते भएकी महिलालाई ब्याक गरेर महिलालाई मारेको प्रत्यक्षदर्शीले दावी गरेका छन्। दुर्घटनालगत्तै स्थानीयले टिप्परका चालकलाई कुटपिट गर्न थालेपछि तीचालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

घटनापछि आक्रोशित भएका स्थानीयले टिप्परमाथि ढुंगामुढा गरेका थिए। सो क्रममा प्रहरीलाई समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले भिड नियन्त्रणमा लिन पटकपटक लाठी चार्ज गर्दा पनि आक्रोशित सर्वसाधारणले सडक जाम गर्न छोडेका थिएनन् । तीन घण्टाभन्दा बढिसम्म मृतकका आफन्त र स्थानीयले चोकमा ढुंगामुढा गदै विरोध गरेका थिए ।

आक्रोशित स्थानीयका कारण  इटहरी तनावग्रस्त बनेको थियो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनकालागि केही राउन्ड अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ । अहिले भने स्थिति सहज बनेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

  • साझा परिवेश
  • मङ्लबार, असार १९, २०८० २0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट