sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दोधारमा भक्ति सिटौला

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:५६
दोधारमा भक्ति सिटौला
  • प्रदेश सभामा प्रवेश गर्दै भक्ति सिटौला ।
  • सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे ।
  • कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो ।

विराटनगर ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति सिटौला कोसी प्रदेशसभामा प्रवेश गर्दै गर्दा अभिवादन प्राप्त गर्छन् । कांग्रेसका धेरै प्रदेश सभा सदस्यले जय नेपाल भन्दा जय नेपाल राम्रो संग फर्काउँछन् ।

२०३६-०३७ तिर नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका सिटौलाले २०७० मा कांग्रेस छाडेका हुन् । त्यसबेला झापाको निर्वाचन क्षेत्र नम्बर २ मा संविधानसभा सदस्यमा उठ्ने तयारीमा थिए । तर, कांग्रेस नेतृत्वले टिकट दिएन । क्षेत्र नम्बर २ मा उनको सट्टा उद्धव थापा उमेदवार बनाइए ।

‘पार्टी नेतृत्वले काविल भएर पनि भेदभाव गर्दै बेवास्ता गरेपछि’ सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे । त्यतिबेला संविधानसभा सदस्यमा राप्रपाबाट मनोनयन दर्ता गराएपछि कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो ।

प्रदेश सरकार 

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असार १५ गते विश्वासको मत लिन नसकेपछि गठबन्धनले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, संसदीय अंक गणितको हिसाबले राप्रपालाई साथ नलिइ सहज सरकार बनाउन कांग्रेसलाई हम्मे छ ।

विगतमा कांग्रेसबाट ‘अपमानपूर्ण ढंगले’ बर्हिगमित सिटौलाले ‘के कांग्रेसलाई साथ देलान् ?’ आम राजनीतिक वृत्तमा अहिले चर्चा चुलिएको छ ।

केन्द्रीय स्तरमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्दनेबीच छलफल भए पनि कुन मोडालिटीमा सरकार बन्ने ? र राप्रपाको अवस्था के हुने ? भन्ने टुंगो लाग्न सकेको छैन । एमालेको साथ लिएर निर्वाचनमा विजयी भएको राप्रपाले गठबन्धनलाई साथ दिने नदिने निर्णय हुन बाँकी छ ।

राप्रपा कोसी प्रदेश संसदीय दलका नेता तथा काम चलाउ सरकारका मन्त्री सिटौलाले गठबन्धनमा सामेल भई सरकारमा जाने विषयमा ठोस छलफल हुन अझै बाँकी रहेको बताएका छन् ।

सरकारको ‘नेतृत्व कसले गर्ने, व्यक्ति को हुने ?’ जस्तो विषयमा पहिले छलफल नभएको भन्दै परिस्थिति हेरेर राप्रपा अघि बढ्ने बताएका छन् । “यसबारे निर्णय गर्ने जिम्मा राष्ट्रिय अध्यक्ष लिङ्देनलाई दिइएको छ । हामीले प्रदेशस्तरमा गठबन्धन दलसँग अहिले छलफल गरेका छैनौं,” उनले भने ।

राप्रपाको साथ पाए गठबन्धनले ५२ सांसदको समर्थनसहित सहज ढंगको सरकार बनाउन सक्छ । नपाए सरकार गठन भए पनि ३० दिनपछि विश्वासको मत लिँदा अप्ठ्यारो हुनसक्छ । माओवादी केन्द्रका सभामुखसहित गणना गर्दा ४७ मत पुग्छ । कोसीमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । एमालेसँग आफ्नो ४० सहित राप्रपाका ६ सांसद छन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid