sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:५0
असार महिनाको बिजुली बिल किन बढेर आउँछ ?

खगेन्द्र घिमिरे।। झापा ।।

नेपाल विद्युत प्राधिकरणले असार महिनाको विद्युत महसुल अस्वाभाविक रुपमा बढाउने गरेको छ । हरेक ग्राहकको घरमा पुगेको असार महिनाको विद्युत महसुल बढेर आएको ग्राहकहरु बताउँछन् ।

विद्युत प्राधिकरणले हरेक वर्ष असार महिनामा महसुल रहस्मय ढंगले बढाउने गर्दा ग्राहकहरु मारमा पर्ने गरेका छन् ।

विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्र अन्तर्गतका अधिकांश ग्राहकको महसुल बढेर आएको हो । अरु महिनामा बिजुलीको महसुल खपत अनुसार नै आउने गर्दछ ।

तर, असार महिनामा महसुल अस्वाभाविक रुपमा ह्वात्तै किन बढ्ने गर्दछ भनेर ग्राहकले प्रश्न गरेका छन् । मेचीनगर–९ निवासी देवी भण्डारीले असार महिनाको बिल धेरै आएको बताइन् । उनले अरु महिना २०० रुपैयाँ जति आउने गरेको र यसपाली ७४० रुपैयाँको बिल आएको बताइन् ।

यस्तै, मेचीनगर–७ निवासी गायत्रादेवी बोहोराले पनि विजुलीको विल बढेर आएको बताइन् । अघिल्लो महिना ५ सय जतिको आउने गरेको र यसपाली १९ सय रुपैयाँको बिल आएको बताइन् । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष क्लोजिङ गर्ने बहानामा ग्राहकबाट मनपरी रकम असुल्न खोजेको ग्राहकहरुले दाबी गरेका छन् । तर, विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले भने त्यस्तो नहुने बताएको छ । धुलाबारी शाखाका प्रमुख सुनिल कुमार महतोले गर्मी मौसमका कारण महसुल बढेर आएको हुन सक्ने बताए । ‘गर्मी मौसममा बढी बिजुली खपत हुने गर्दछ,’ उनले भने, ‘यसमा आशंका गर्नुपर्ने कुरै छैन ।’ महतोका अनुसार असोज महिनादेखि फागुनसम्म सामान्य र बैशाखदेखि भदौसम्म उच्च बिजुली खपत हुने गर्दछ । धुलाबारी वितरण केन्द्र अन्तर्गत झण्डै ४०  हजार ग्राहक संख्या रहेका छन् ।

  • साझा परिवेश
  • बुधबार, असार २०, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid