sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुग्लिन–मलेखु सडक विस्तार सुरु

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १0:५८
मुग्लिन–मलेखु सडक विस्तार सुरु

चितवन। पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तार सुरु भएको छ। छ महिनाअघि ठेक्का सम्झौता भए पनि सडक विस्तारको काम भने यही जेठ महिनाबाट मात्रै सुरु भएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना अन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ। सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ।

जेठको पहिलो साताबाट यस क्षेत्रको मलेखुबाट मुग्लिनतर्फ पनि डोजर लगाएर भित्तो काट्ने काम भर्खरै सुरु भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो।

“राजधानी काठमाडौँ जाने र बाहिरिने सवारीसाधनलाई असर नपर्ने गरी अहिले भित्ता काट्ने काम हुने छ। वर्षात्मा भित्ता काट्ने काम बन्द गरेर अन्य सीमा र पर्खाल लगाउने कार्य गरिने छ,” कार्कीले भन्नुभयो।

न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो पार्ने गरी काम भएको छ। साँघुरो र जङ्गल क्षेत्रमा नौ मिटर कायम गरिने छ। बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भएको कार्कीले जानकारी दिनुभयो।

चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ। नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति गरिने भए पनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिने छ। बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ। यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएको छ।

पश्चिम क्षेत्रका लागि शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्ने ठेक्का पाएको छ। यो खण्डमा पुल निर्माणका लागि सोही कम्पनीसँग सम्झौता भएको छ। काम पनि सँगै सुरु भइसकेको छ। मलेखुसम्म छ वटा पुल निर्माण हुने छन्। गोमती, चरौँदी, खटौटी, हुग्दी, मौवा र बारबाङ खोलामा नयाँ पुल बन्ने छन्।

खटौटीमा पुल निर्माण कार्य अगाडि बढेको छ। यो खण्डमा १० ठाउँमा आकाशे पुल निर्माण गरिने छन्। मलेखु, शीतलबजार, बेनीघाट, विशालटार, माझिमटार, फिस्लिङ, कुरिनटार, लेवाटार, रमाइलोडाँडा र मुग्लिनमा आकाशे पुल निर्माण गरिने छन्।

यस क्षेत्रको ठेक्का सम्झौता चार अर्ब ८० करोड रुपियाँको लागतमा निर्माण हुने छ। मुग्लिन–नारायणगढ सडकखण्डमा पहाड काट्दा पहिरोको समस्या भोगेकाले यस क्षेत्रमा भने पहाडलाई भन्दा त्रिशूली नदीतर्फको भागमा पर्खाल लगाएर सडक फराकिलो बनाउने कामलाई प्राथमिकता दिने आयोजनाले जानकारी दिएको छ। “साँघुरो स्थानमा भने पहाडलाई काटिने छ। विकल्प रहेको स्थानमा पहाड काटिने छैन। यो खण्डमा करिब तीन सय ५० रुख काटिने छन्,” आयोजना प्रमुख कार्कीले भन्नुभयो। सडक विस्तार र स्तरोन्नतिपछि कम्तीमा २० वर्ष सडक टिक्ने गरी डिजाइन भएको प्रमुख कार्कीले जानकारी दिनुभयो।

राजधानी भित्रिने मुख्य सडक भएकाले ठेक्का सम्झौता भएको तीन वर्षभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको आयोजनाले जानकारी दिएको छ।  विश्व बैङ्कको आर्थिक सहयोगमा यो राजमार्ग विस्तारको काम थालिएको हो।

नागढुङ्गा–नौबिसे खण्ड र नौबिसे–मलेखु खण्डमा पनि सडक विस्तारको काम भइरहेको छ। यस क्षेत्रमा सडकको दायाँबायाँ पर्खाल लगाएर सडकको सीमा निर्धारण गरिएको छ। पहिरो नजाने स्थानमा पहाड काटिएको आयोजनाले जनाएको छ। अहिले भइराखेको सडक साँघुरो भएको, सवारीसाधनको चाप वृद्धि भएको, पुरानो भएर मर्मत गरिराख्नु पर्ने भएकाले सडक विस्तारका लागि काम अगाडि बढेको हो।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid