July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५८
सन्तोषले गरे इक्यानको काेषाध्यक्षमा उम्मेदवारीको घोषणा

 

  • २६ बर्ष अगाडि देखि स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को असार ३० गते निर्वाचन
  •  इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि  सन्तोष शर्माको  उम्मेदवारी घोषणा
  • सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता

काठमाडौं ।।

क्यापिटल इन्टरनेशनलका सञ्चालक सन्तोष शर्माले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्य समितिको कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीको मुटुमा  विगत लामो समयदेखि बागबजारमा रहेको क्यापिटल इन्टरनेशनलका सञ्चालक शर्माले यही आउने असार ३० गते हुन गइरहेको इक्यानको कार्य समितिको निर्वाचनका लागि कोषाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श  संघ विगत २६ बर्ष अगाडि नै  स्थापना भएको र  मुलुकका सम्पूर्ण शैक्षिक  व्यवसायीहरूको प्रतिनिधिमूलक, अविभावकीय एवं भरोसायोग्य संस्थाका रूपमा रहँदै आएको बताउँदै शर्माले आफूले यस संस्थालाई थप व्यावसायिक र मर्यादित बनाउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको  जनाएका छन् ।

अहिले चुनावी माहाैल सुरू भएको छ । उनले सम्पूर्ण व्यवसायी एवं शैक्षिक परामर्शदाताहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत गरेका छन् । मुख्य गरी २ प्यानल हुने देखिएको माहाैलमा विभिन्न व्यक्तिहरूले उम्मेदवारी घोषणा गरिरहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्