sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गायकको गरियो अन्तिम श्रद्धाञ्जली

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० ११:३४
गायकको गरियो अन्तिम श्रद्धाञ्जली
  • गायक तथा अभिनेता रविन तामाङप्रति अन्तिम श्रद्धाञ्जली भयो 
  • नेपाली रक जनराको संगीतमा उनको योगदान अतुलनीय मानिन्छ

काठमाडौं ।।

दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमासंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाए । उपस्थित अन्य कलाकर्मीहरुले फूलमाया चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे ।

कार्यक्रममा मन्त्री किराँतीले मन्त्री किराँतीले श्रष्टाहरुको निधनपछि श्रद्धाञ्जलीका लागि राख्ने व्यवस्थित ठाउँ पनि नभएको भन्दै आफ्नै कार्यकालमा व्यवस्थित भवन बनाउने बताए । कार्यक्रममा सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाक्षेत्रले उज्ज्वल नक्षत्र गुमाएको बताउँदै सरकारको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिन् ।

कांग्रेस महामन्त्री गगन थापाले तामाङ समकालीन पुस्ताको चर्चित गायक भएको भन्दै उनलाई गुमाउनुपर्दा दुःखी भएको बताए । गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु केटाकेटी र गुलाबको गाएर ट्रिब्यूट गरिएको थियो । श्रद्धाञ्जली दिन फ्यान र कलाकर्मी बिहानैदेखि नक्सालस्थित एकेडेमीको परिसरमा पुगेका थिए । संगीतकार संघ र एकेडेमीको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको संगीतकार चेतन सापकोटाले जानकारी दिए ।

रविन तामाङको पार्थिव शरीरलाई आजै शोभा भगवतीमा अन्तिम संस्कार गर्ने तयारी छ । गत मंगलबार तामाङ बुढानिलकण्ठस्थित निवासमा मृत भेटिएका थिए । नेपाली रक जनराको संगीतमा उनको योगदान अतुलनीय मानिन्छ ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid