sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:0७
ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

देवानगञ्ज । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।

फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन् । निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको बताए । तर मल्ललाई शीर्ष भूमिकामा अनुबन्ध गरेको उनले जानकारी दिए ।

इतिहासविद्हरूसँग छलफल गरेर तथ्यहरू तयार पारिएकाले फिल्म काल्पनिक नहुने उनको भनाइ छ । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुने उनले जानकारी दिए । प्रमुख महिला पात्रमा भने अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ । यसअघि ‘नालापानी’ निर्माण गरिसकेका अधिकारीले त्यसमा भएका कमिकमजोरीलाई सुधार गर्दै ‘कोतपर्व’लाई उत्कृष्ट बनाउने जानकारी दिए ।

फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको अधिकारीले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर राणा शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । छोटेलाल रौनियार र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिव चन्द्र छन् ।

(श्रोत: नमो अनलाइन)

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid