April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १४:५३
प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
  • अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ट्यांकी निर्माण नै नगरी भुक्तानीदिएको अख्तियारको आरोप 
  • अधिकृत शाहीद्वारा ६ लाख ४८ हजार ७८६ रुपैयाँको हानिनोक्सानी 

काठमाडौैं ।।

ट्यांकी निर्माण नै नगरी भुक्तानी दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चंखेली गाउँपालिका-२ मा खानेपानीको ट्यांकी निर्माण गर्ने योजना थियो । तर ट्यांकी निर्माण नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीदिएको अख्तियारको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ हानिनोक्सानी  पुर्याएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

यो घटनामा अख्तियारले चंखेली गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक गोवर्धन बोहरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका-२ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धिताल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।