July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत – आयोगले तोक्यो

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १६:१७
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत – आयोगले तोक्यो

काठमाडौं 

निर्वाचन आयोगले बैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ। बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो।
आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश बासुदेव न्यौपाने,बारा क्षेत्र नम्बर २ मा न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर १ का लागि न्यायाधीश कोमल प्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ।

उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ताको कार्यक्रम तोकिएको छ।

 

  • साझा परिवेश
  • बिहिबार, चैत्र १६, २०७९ १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्