May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

विपिन जोशीलाई विना सर्त रिहा गर्न हमाससँग आग्रह

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:४२
विपिन जोशीलाई विना सर्त रिहा गर्न हमाससँग आग्रह
  • अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय
  • कारणविना बन्धक बनाइन नहुने

काठमाण्डाै ।।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले विपिन जाेशीलाई विना सर्त रिहा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति राजकिशोर यादवले विपिनको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय भएको बताउनुभयो । उहाँले नेपाल कुनै पनि पक्षधरता देश नरहेको र जहिले पनि शान्तिको वकालत गर्ने भएकाले नेपालीलाई कुनै पनि कारणविना बन्धक बनाइन नहुने बताउनुभयो।

सभापति जाेशीले भन्नुभयो, ‘हमासले इजरायलमा आक्रमण गर्दा विपिन जोशीलाई बन्धक बनाएको भन्ने छ तर अहिलेसम्म जानकारी छैन । विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गर्ने निर्णय गरेका छाैँ । नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रा नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनु हुँदैन ।’

यस्तै बैठकले समितिको छ महिनाको भावी कार्ययोजना र समितिको कार्य प्राथमिकीकरणका लागि नौ सदस्यीय कार्यदल गठन गरेको सभापति जाेशीले बताउनुभयो । कार्यदलले समितिको प्राथमिकीकरण कुन विषयलाई कहिले टुङ्ग्याउने भन्ने निष्कर्ष निकाल्ने उहाँकाे भनाइ छ । कार्यदलका संयोजक राजकिशोर यादवसहित सदस्यमा उदयशमशेर जबरा, एकनाथ ढकाल, छिरिङ यामु लामा, देवीप्रकाश भट्टचन, डा. धवलशमशेर जबरा, प्रेम सुवाल, शिशिर खनाल, सम्झना थपलिया हुनुहुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १४, २०८० १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।