April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

दलहरुको विवादमै रोकियो प्रधानमन्त्रीको स्पष्टीकरण हुन सकेन

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १५:५४
दलहरुको विवादमै रोकियो प्रधानमन्त्रीको स्पष्टीकरण हुन सकेन
  • संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण रोकेर आरोप प्रत्यारोपमा दलहरु
  • स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारियो 
  • संसदको अवरोध हटाउने सहमति भएको छैन : योगेश भट्टराई

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिका लागि सारेको छ । एक पुस्तक विमोचन कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको’ बताएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ ।

सहमतिको प्रयासमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल समेत गरेका थिए ।

सिंहदरबारमा भएको छलफलपछि कांग्रेस र माओवादी नेताहरुले एमाले राजीनामाको मागबाट पछि हटेको र प्रधानमन्त्रीले जवाफ दिएपछि संसदको अवरोध हट्ने बताए । एमाले नेताहरुले भने प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र चित्तबुझ्दो जवाफ नआए फेरि संसद अवरुद्ध हुन सक्ने बताए । यही विवादले संसद बैठक बस्न सकेन । र, सूचना टाँसेर भोलि सोमबारका लागि सारिएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखक संसद भवनमा पुगेपछि एमालेले बोली फेरेको बताउँछन् । ‘प्रधानमन्त्रीले जवाफ दिने र संसद खुलाउने सहमति भएको थियो’ उनले भने, ‘सदनमा आएपछि जवाफ सुन्ने र चित्त नबुझे अवरुद्ध हुन्छ भन्ने आयो । एमालेले कुरा फेरेको रुपमा बुझ्यौं र आजको बैठक बस्न सकेन ।’

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि एमालेका नेताहरुले ‘संसदको अवरोध हटाउने सहमति भएको छैन है’ भन्ने सन्देश पठाएको बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेका सचिव योगेश भट्टराईले भने प्रधानमन्त्रीको जवाफ सुन्न संसद पुगेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक भोलिलाई सारिएको सूचना आएको बताए । उनले ट्वीट गरेका छन्, ‘जवाफ तयार गर्नुअघि कतै सोध्नुपर्ने हो कि ? किन सारिएछ कुन्नि ?’

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।