May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

भारतले बाँध खोल्ने भएपछी सतर्कता अपनाउन प्रशासनको आग्रह 

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० ११:0५
भारतले बाँध खोल्ने भएपछी सतर्कता अपनाउन प्रशासनको आग्रह 
  • भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने
  • महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन प्रशासनको आग्रह 

काठमाडौं ।।

भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनेको हो ।

भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।

सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ ।

त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।