April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

व्यवस्थापक र सरोकारवालाले गर्दा सहकारीमा समस्या आयो : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:0७
व्यवस्थापक र सरोकारवालाले गर्दा सहकारीमा समस्या आयो : अर्थमन्त्री
  • सरोकारवालाबाट व्यवस्थापकहरु टाढा भएर सहकारीमा समस्या आयो 
  • सहकारीले ठूलो आकार लियो अनि चुनौति बन्यो 

काठमाडौं ।।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरोकारवालाबाट व्यवस्थापकहरु टाढा हुँदा लघुवित्त र सहकारी संस्थामा समस्या आएको बताएका छन् । आइतबार साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार शुभारम्म समारोहमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।

सहकारी संस्था देशैभरि विस्तार भएको प्रसंग निकाल्दै उनले भने, ‘यस्ता संस्थामा स्थानीय मानिस नै सहभागी हुन्, त्यहीबाट सानोतिनो पूँजी जम्मा होस् र त्यहीबाट सञ्चालक छनोट हुँदा सरोकारवालाकै नियन्त्रणमा संस्था हुन्छ भन्ने हाम्रो ठम्याइ हो । तर, यसले ठूलो आकार लियो, यसको सरोकारवालाबाट व्यवस्थापक टाढा भए । जसले गर्दा सहकारी र लघुवित्तमा समस्या आयो ।’

 

गरिबी हटाउने सरकारको लक्ष्यमा साना किसान लघु वित्तीय संस्थाले ठूलो भूमिका खेल्ने उनको भनाइ छ । उनले लघुवित्त संस्थाले आफ्नो लक्ष्य बिर्सन नहुने बताए । मन्त्री डा. महतले साना किसानको जीवनस्तर उठाउनुपर्ने लघुवित्तको लक्ष्य रहेको स्मरण गराए । ‘सरकारको पनि त्यही लक्ष्य हो, एउटा तहबाट अर्को तहमा जाँदा ब्याज महँगो हुने भयो भनेर सरकारले संस्थागत संयन्त्र विकसित गरेको हो,’ उनले भने, ‘कसरी थोरै ब्याजमा पूँजी प्रवाह गर्ने भन्ने विषय हाम्रा लागि चुनौति हो ।’

साना किसान लघु वित्तीय संस्था यो समस्याबाट टाढा हुने र देशकै उदारणीय रुपमा प्रस्तुत हुने उनको विश्वास छ । मन्त्री डा. महतले स्वभाविक रुपमा साना किसानलाई यसले सेवा दिने भएकाले अहिलेको चुनौती नै ब्याजदर रहेको उनले उल्लेख गरे ।

मन्त्री डा. महतले नुवाकोटको तुप्चे र धनुषाको महेन्द्रनगरबाट सुरु भएको साना किसान विकास लघुवित्त अहिले देशैभर फैलिएको उल्लेख गर्दै एकीकृत सेवा प्रवाह भएपछि हुम्लामा पनि सेवा विस्तार गर्ने विश्वास व्यक्त गरे । अहिले १२ लाख साना किसान परिवार सहकारीमार्फत् सेवा प्राप्त गरिरहेको भन्दै उनले यो ठूलो संख्या भएको बताए ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।