May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

मेरो क्षमता र अधिकारले भ्याएसम्म ललितालाई न्याय गर्ने कोशिस गरेको छु : सीआईबी प्रमुख

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १४:४२
मेरो क्षमता र अधिकारले भ्याएसम्म ललितालाई न्याय गर्ने कोशिस गरेको छु : सीआईबी प्रमुख
  • ललितानिवासलाई न्याय गरेको सीआईबी निर्देशक किरण बज्राचार्यको भनाइ 
  • ललितानिवास प्रकरणमा क्षमता र अधिकारले भ्याएसम्म न्याय गर्ने कोशिस गरेको 
  • सीआईबीले फेरि ब्यूँताएर अनुसन्धान गरी प्रतिवेदन बुझायो 

काठमाडौं ।।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) कि निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ललितानिवासलाई आफूले न्याय गरेको बताएकी छन् ।

सीआईबीले मंगलबार चार पूर्वमन्त्रीसहित दुई सय भन्दा बढीलाई प्रतिवादी बनाएर सरकारी कागजात किर्ते तथा संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।

उक्त प्रतिवेदन बुझाएपछि कुरा गर्दै बज्राचार्यले भनिन्, ‘ललितानिवासको सरकारी जग्गा हडपिएको प्रकरणमा मेरो आफ्नो वर्कत, क्षमता र अधिकारले भ्याएसम्म न्याय गर्ने कोशिस गरेको छु । बाँकी अभियोजन गर्ने जिम्मा सरकारी वकिलको हो ।’

उनले पहिले नै रोकिएको मुद्दालाई सीआईबीले फेरि ब्यूँताएर अनुसन्धान गरी प्रतिवेदन बुझाएको बताइन् । ‘यो अवधिमा कमसेकम पूर्वप्रधानमन्त्रीहरुसँग कागज गर्नेदेखि पूर्वमन्त्रीहरुसँग बयान लिनेसम्म काम भएको छ’, एआईजी बज्राचार्यले भनिन्, ‘सीआईबीले निकै दुःख र इमान्दारिताका साथ काम गरेको छ ।’

प्रहरीले यो प्रकरणमा सोमबार बेलुकी पूर्वमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसँग बयान लिएको थियो । पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय शाहसँग पनि बयान भइसकेको छ । पूर्वमन्त्री डम्बर श्रेष्ठ भने फरार थिए ।

सीआईबीले ५७ दिनसम्म अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनमा चार पटक गरेर ललितानिवासको १४३ रोपनी जग्गा हडपिएको निष्कर्ष निकालिएको छ ।

सीआईबीले ललितानिवासको जग्गा चार पटक गरेर हडपिएको निष्कर्षसहित ४ वटा छुट्टाछुट्टै रायसहितको प्रतिवेदन बुझाएको छ । विभिन्न समयमा जफत गरिएका जग्गा फिर्ता गर्ने नाममा ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको सीआईबीको भनाइ छ ।

पछि नक्कली पशुपति टिकिन्छा गुठी खडा गरेर ४ रोपनी १४ आना २ पैसा २ दाम जग्गा हिनामिना गरेको प्रहरीको निष्कर्ष छ । त्यसमा ११० जना संलग्न रहेको प्रहरीको निष्कर्ष छ ।

त्यसपछि पनि छुट जग्गा दर्ता गर्ने नाममा १२ आना २ पैसा जग्गा हिनामिना भएको प्रहरीको भनाइ छ । त्यसमा १३ जना संलग्न रहेको प्रहरी निष्कर्ष छ ।

बालुवाटारको विशिष्ट व्यक्ति निवास परिसर विस्तारका लागि सट्टापट्टा र सोधभर्नाको नाममा २५ रोपनी ७ आना १ पैसा १ दाम जग्गा हिनामिना भएको प्रहरीको निष्कर्ष छ । यसमा ७४ जना संलग्न रहेको सीआईबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।