July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

धरानमा बजेट सम्बन्धी चर्क्यो बादबिबाद

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:५७
धरानमा बजेट सम्बन्धी चर्क्यो बादबिबाद
  • धरानको बजेटसम्बन्धी छलफलमा चर्काचर्की
  • बजेट तर्जुमामा कार्यपालिका सदस्यहरुको विरोध

 काठमाडौं ।।

सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा उपप्रमुख अइन्द्र विक्रम बेघा र कार्यपालिका सदस्यबीच चर्काचर्की भएको छ ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटको छलफलका क्रममा बजेट तर्जुमा समितिले कार्यपालिका वैठकमा प्रस्तुति गरेपछि कार्यपालिका सदस्यहरुले विरोध गरेका हुन् ।

कार्यपालिका सदस्यहरुले विषयगत समितिले निर्णय गरेर बजेटको लागि पठाएको विषयहरु समावेश नभएको, बजेट तर्जुमा समितिले सुटुक्क योजना छनोट ष्रेर बजेट हालेको भन्दै विरोध गरेका थिए ।

कार्यपालिका सदस्य सिर्जना नेपालले विषयगत समितिको निर्णय अनुसार बजेट नआएको, बजेट तर्जुमा समितिमा पुग्नुभन्दा अगाडि नै समितिको प्रतिवेदन हेरफेर भएको आरोप लगाइन् । जवाफमा बजेट तर्जुमा समितिका संयोजक उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले सार्वजनिक रुपमा छलफल गरेर बजेट तर्जुमा गरेको भन्दै प्रक्रिया अनुसार नै बजेट बनाएको दाबी गरे ।

उनले आफूले भनेकै योजनामा बजेट पार्नुपर्ने अडान नराख्न कार्यपालिका सदस्यहरुलाई आग्रह गरे । उपप्रमुख बेघाले ९ दिनदेखि बजेट तर्जुमा समितिमा छलफल भएर पेश गरेको भन्दै अब निष्कर्षतिर जानुपर्ने बताएका थिए ।

आन्तरिक राजश्व उठाउने विषयमा पनि कार्यपालिका वैठकमा चर्काचर्की भएको थियो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले अव्यवस्थित बसोबासीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । करको दायरा र दर दुवै विस्तार गर्ने भन्दै राईले भने ‘कर उठाउने हाम्रो अधिकार हो र शान्ति सुरक्षा तथा सेवासुविधा दिनु हाम्रो दायित्व हो ।’

वडाध्यक्षहरुले चालु आर्थिक वर्षमा आफूहरुले काटेको चेक नसाटिएको गुनासो गरे । ‘काम गरिसकेको छ, बिल पनि छ, हिजो चेक काटियो तर साटिएन अब निकासा के हुन्छ ?’ धरानका वडाध्यक्षहरुले प्रश्न गरेपछि प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले आगामी आर्थिक वर्षको लागि दायित्व सर्ने जवाफ दिएका थिए ।

कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठकमा चालु आर्थिक वर्षमा सार्वजनिक लेखा समिति र न्यायिक समितिको प्रतिवेदन पनि माग गरेका थिए । जवाफमा उपप्रमुख बेघाले सोमबार नै बस्ने नगर सभाको वैठकमा प्रस्तुत गर्ने बताएका थिए ।

धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सोमबार नगरसभाको वैठकमा प्रस्तुत हुँदैछ । नगरसभामा पेश हुनु आगडि उपमहानगरपालिकाले कार्यपालिका वैठक राखेर अन्तिम छलफल गरेको उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले बताए ।

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्