May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सरकारले तोकेको पुरस्कार घोषणामा मात्र सिमित : कप्तान रोहित

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:१२
सरकारले तोकेको पुरस्कार घोषणामा मात्र सिमित : कप्तान रोहित
  • सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म नपाएको गुनासो
  • पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं
  • आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ
  • पुरस्कार र सम्मानले हौसला दिने 
     

काठमाडौं ।।

नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाउन नसकेको गुनासो गरेका छन् ।एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका प्रस्थान गर्नुअघि कुरा गर्दै रोहितले पुरस्कार तोकिए पनि नपाउँदा नैराश्यता बढेको बताए ।

‘पुरस्कार तोकिएको हो तर हालसम्म पाएका छैनौं, मन्त्रीज्यूसँग कुरा भएको छ । सायद छिट्टै हुन्छ होला,’ पौडेलले भने । नेपालले लिग २ सिरिज जित्ने खेलाडीलाई जनही २ लाख तथा एसीसी प्रिमियर कप उपाधि जितेका खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

तर त्यो पुरस्कार रकम नपाएको खेलाडीको गुनासो छ । सबै खेलाडी आर्थिक रुपमा सम्पन्न नभएका कारण परिवार पाल्न कठिनाइ छ । रोहितले फुटबल खेलाडी पलायन भएको सन्दर्भ निकाल्दै भने ‘जसरी फुटबलमा खेलाडी पलायन भइरहेको छ । त्यो अवस्था क्रिकेटमा नआओस् ।’
पुरस्कार र सम्मानले खेलाडीको हौसला बढ्छ । खेलाडीको हौसला बढाउनकै लागि प्रशिक्षक मोन्टी देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरेका छन् । यसमा सबै क्षेत्रबाट सहयोग हुनु पर्ने देसाईले बताए ।

‘उनीहरुले सक्ने उनीहरुले गरिरहेका छन् । मैले सक्ने ह्याप्पी ड्रेसिङ रुमको अवधारणा लागु गरिरहेको छु,’ देसाईले भने, ‘हामी खेललाई माया गछौं । यो कुरालाई निरन्तर लागिरहन सबैपक्षबाट सहयोग हुनुपर्छ ।’

  • साझा परिवेश
  • सोमवार, असार २५, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।