May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

भ्रष्टाचारलाई नियन्त्रण गर्ने दोषीलाई कारबाही गर्ने कार्यमा मेरो साथ छ : माधव नेपाल

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:११
भ्रष्टाचारलाई नियन्त्रण गर्ने दोषीलाई कारबाही गर्ने कार्यमा मेरो साथ छ : माधव नेपाल
  • ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ 
  • म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं : माधवकुमार नेपाल
  • भ्रष्टाचार नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्ने कार्यलाई नेपालले गरे प्रशंसा

पाल्पा ।।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सरकारी जग्गालाई व्यक्तिको नाममा पास गर्नेहरुलाई दण्ड दिनुपर्ने बताएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा सरकारी हो कि होइन भनेर कानुनसम्मत रुपमा छुट्याएर अगाडि बढ्ने निर्णय गरेको बताउँदै उनले भने, ‘त्यो निर्णय विपरीत अन्य निकायबाट सरकारी जग्गालाई व्यक्तिको भनेर निर्णय गर्छ भने त्यसको जिम्मेवार को हुने हो ? सरकारी जग्गा हिनामिना प्रकरणमा जोसुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ ।’

ललिता निवास जग्गा प्रकरणमा नाम आउनेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्, त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ,’ उनले भने ।

कुनै मानिसलाई निर्णय गरेकै आधारमा दोष लगाउनुभन्दा पनि उसको नियत र त्यसबाट फाइदा लिने गिरोहलाई हेरेर निर्णय गर्नुपर्ने उनको मत छ । नेता नेपालले ललिता निवास मात्र नभई, नेपाल ट्रष्टका जग्गा लगायतमा पनि अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने र दोषीलाई कारबाही गर्ने कार्य गरेको भन्दै उनले प्रशंसा गरे । ‘भ्रष्टाचारमा मुछिएका दोषी कोही पनि उम्कनु हुँदैन,’ नेपालले भने, ‘म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं । यो काममा सरकारलाई पूर्ण साथ र समर्थन छ ।’

वर्तमान सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने पनि बताए । कांग्रेस, माओवादी, समाजवादीसहितका अन्य दलहरुसँगको छलफलबाट सरकारको स्थायित्वको लागि गठबन्धन कायम गरी काम गर्ने सहमति भएको जानकारी गराए । सरकारको स्थायित्वका लागि नै समाजवादी मोर्चा बनेको उल्लेख गर्दै उनले समाजवादी मोर्चामार्फत विचार मिल्ने पार्टीहरु एकठाउँमा आउँदा कोही पनि त्रसित हुनु नपर्ने बताए । नेपाल एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधनमा परिवारका सदस्यलाई समवेदना दिन पाल्पा आएका हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट