April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

नेपाल राष्ट्र बैंकको व्यवस्था कडा हुँदै

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १२:५४
नेपाल राष्ट्र बैंकको व्यवस्था कडा हुँदै
  • कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकको कडाइ
  • कर्जामा मात्रै नभइ व्यक्तिले लिएको कर्जामा पनि सोही व्यवस्था लागु हुने

काठमाडौं ।।

नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा लिएका कर्जा मध्ये कुनै एउटा कर्जा निष्कृय वर्गमा परेमा अन्य सबै कर्जा पनि सुक्ष्म निगरानीमा राख्न निर्देशन दिएको छ ।

‘कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा कर्जा लिएको भएमा कुनै एक कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा उक्त ऋणीले लिएका अन्य सम्पूर्ण असल वर्गमा वर्गीकृत कर्जा वक्यौतालाई कम्तिमा सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नु पर्नेछ,’ संशोधित निर्देशनमा भनिएको छ । संस्थाले लिएको कर्जामा मात्रै नभइ व्यक्तिले लिएको कर्जामा पनि सोही व्यवस्था लागु हुने भएको छ ।

व्यक्ति वा संस्थाको मात्रै नभएर कुनै समूहको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा अन्य साझेदारको कर्जालाई पनि विश्लेषण गरी निष्कृय वर्गमा वर्गीकरण गर्नुपर्ने भएको छ ।

‘कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीहरुको उक्त ऋणीसँगको व्यावसायिक अन्र्तसम्बन्धबाट पर्ने असरको विश्लेषण गरी उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने समुहका अन्य ऋणीहरुलाई समेत सोहि निष्कृय वर्गमा वर्गीकरण गर्नु पर्नेछ,’ राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको निर्देशनमा भनिएको छ ।

समूहका पाँच ऋणीहरुमध्ये कुनै एक ऋणी कमसल वर्गमा वर्गीकरण भएमा बाँकी चार ऋणीमध्ये उक्त ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित हुने एक ऋणी भएमा सो ऋणी नियमित भएको अवस्थामा समेत कमसल वर्गमा वर्गीकरण गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

तर, कमसल वर्गमा वर्गीकरण भएको ऋणीबाट प्रत्यक्ष रुपमा प्रभावित नभएका अन्य तीन ऋणीलाई भने कमसल वर्गमा वर्गीकरण गर्न बाध्य नहुने निर्देशनमा भनिएको छ । यस्तै निष्कृय वर्गमा वर्गीकरण भएको कर्जा असल वर्गमा वर्गीकरण गर्न पनि केन्द्रीय बैंकले कडाइ गरेको छ ।

कुनै पनि कर्जा निष्कृय वर्गमा वर्गीकरण भएमा कर्जाको भाखा नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नती गरी सोहि बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नु व्यवस्था गरेको छ ।

यस्तै, निष्कृय वर्गमा वर्गीकरण भएका कर्जा सोहि वर्गभित्र स्तरोन्नति हुनका लागि आवश्यक प्रावधान पूरा गरेको मितिले ६ महिना पश्चात मात्र स्तरोन्नति गरी सोहि बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न निर्देशन दिएको हो । कर्जाको वर्गीकरण र नोक्सानी व्यवस्था सम्बन्धी संशोधित व्यवस्था १ माघ २०८० देखि मात्रै कार्यान्वयन हुने केन्द्रीय बैंकले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।