May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १ पक्राउ २ फरार

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:३६
साइकल चलाइरहेको निर्दोष व्यक्तिलाई कुटपिट गर्ने १  पक्राउ २ फरार
  • अमानवीय कुटपिट गरेको आरोपमा एक जना पक्राउ
  • २ जना फरार खोजी कार्य जारी 

विराटनगर ।।

विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साईकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले स्पष्ट पारेको छ ।

के हो घटना ?

भिडियोमा देखिए अनुसार असार २० गते राति कोशी राजमार्गमा बा १५ च ३४४५ नम्बरको कार गइरहेको दिशामा विपरीत दिशाबाट साह साइकलमा आइरहेका हुन्छ । कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् ।

कार साइडमा रोकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।
मुक्का लागेर साह सडकमै ढल्छन् । त्यसपछि आयुष सडकमा यता उता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेको भिडियोमा देख्न सकिन्छ ।

कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइट लगाउँछन् । आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइट लगाएको भिडियोमा देख्न सकिन्छ । कार चालकको सिटमा बसेका व्यक्तिले ढोका खोलेर त्यही उभिइ घटनालाई हेरिरहेको देखिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।