May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

प्रचण्डकी पत्नीको राजकीय सम्मानस्वरुप अन्त्येष्टि हुने

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:४७
प्रचण्डकी पत्नीको राजकीय सम्मानस्वरुप अन्त्येष्टि हुने
  • सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने 
  • मन्त्रिपरिषद बैठकले सम्मानका साथ अन्त्येष्टि गर्नुपर्ने निर्णय गर्यो 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ’, उनले भनिन् ।

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । उनको निधनपछि आकस्मिक रुपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको निधनमा गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।बैठकले प्रधानमन्त्री प्रचण्ड, उनको परिवार र शुभेच्छुकप्रति सरकारका तर्फबाट समवेदना पनि व्यक्त गरेको छ ।

 

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।