May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्नेमा जोड दिंदै कांग्रेस

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १४:५५
बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्नेमा जोड दिंदै कांग्रेस
  • बालकृष्ण खाँणलाई पदबाट निलम्बन गर्नुपर्ने कांग्रेसको आवाज
  • वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँण अहिलेसम्म निलम्बन भएका छैनन् 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए ।

पक्राउ परेदेखि नै उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेसमा उठ्दै आएको छ । तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन ।

बुधबार (आज)देखि सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनबारे कुरा उठाउने कांग्रेसका एक शीर्ष नेताले बताए । उनले भने, ‘बालकृष्ण खाँणको निलम्बनको विषयमा केन्द्रीय समिति बैठकमा मज्जाले छलफल हुन्छ । निलम्बनको विषयमा बोल्न नपाउने भन्ने हुन्न ।’

ती नेताले बालकृष्ण खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्ने भए पनि यो विषयलाई उठाइने बताए । ‘खाँणको निलम्बनबारे बैठकमा छलफलको एजेण्डा नबनाउने प्रयत्न हुनसक्छ तर छलफल हुन्छ,’ ती नेताले भने, ‘छलफलको एजेण्डाको बुँदामा उल्लेख नभए पनि समसामयिक विषय अन्तर्गत रहेर केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।’

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिको विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुई-दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो । गत वर्ष कांग्रेसको कांग्रेस केन्द्रीय समिति बैठक २७ असारदेखि २ साउनसम्म बसेको थियो । त्यसपछि केन्द्रीय समिति बैठक बस्न सकेको थिएन ।

यसबीचमा कांग्रेसले कुनै महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्दा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गर्दै आएको थियो ।

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट