May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १0:५४
टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा

काठमाडौँ । अस्ट्रेलियाले सन् २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपमा टिमले मिचेल मार्सको कप्तानीमा मैदान उत्रनेछ । भारतमा खेलिरहेको आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरिरहेका धेरै यस्ता खेलाडीले टोलीमा स्थान पाएका छन् ।

टोलीमा ट्राभिस हेड र ग्लेन म्याक्सवेल जस्ता स्टार खेलाडीलाई समावेश गरिएको छ । यसबाहेक अस्ट्रेलियाका टेस्ट र एकदिवसीय कप्तान प्याट कमिन्सलाई पनि टोलीमा राखिएको छ । प्याट कमिन्स हाल आईपीएल २०२४ मा सनराइजर्स हैदराबादको नेतृत्व गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेल्दा खासै राम्रो प्रदर्शन गर्न नसकेका अलराउन्डर क्यामरुन ग्रीनलाई पनि टोलीमा मौका दिइएको छ ।

सन् २०२१ मा भएको टी–२० विश्वकपमा अस्ट्रेलिया च्याम्पियन बनेको थियो । यस्तो अवस्थामा यसपटक पनि अस्ट्रेलिया उपाधि जित्ने प्रबल दाबेदार हुनेछ । बोर्डले प्रतियोगिताका लागि टिममा रहेका अधिकांश अनुभवी खेलाडीमा विश्वास व्यक्त गरेको छ । अस्ट्रेलियाले आईपीएल २०२४ मा विस्फोटक इनिङ्स खेलिरहेका ज्याक फ्रेजर म्याकगुर्कलाई टिममा राखेको छैन । म्याकगुर्कको नामलाई लिएर निकै चर्चा भएको थियो । अस्ट्रेलियाले केन्द्रीय सम्झौतामा परेका मार्कस स्टोइनिसलाई मौका दिएको छ ।

मिचेल मार्स (कप्तान), प्याट कमिन्स, एस्टन आगर, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर र एडम जाम्पा ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १९, २०८१ १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्