April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १६:५९
सांसद गैरे : मन्त्री जस्तो मान्छेले आत्महत्यालाई प्रोत्साहन गर्न मिल्छ ?
  • आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री हुन मिल्दैन 
  • मन्त्रीको भनाइलाई लिएर आलोचना

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् ।

कर्मचारीहरुले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा स्वास्थ्य मन्त्रीले आत्महत्यालाई प्रोत्साहन गर्ने किसिमले जवाफ फर्काएको गैरले दाबी गरे ।‘यस्तो अभिव्यक्ति गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन ? ’ उनी थप्छन्, ‘आत्महत्यालाई प्रोत्साहन गर्ने तरिका अत्यन्त दुखद छ । म यसतर्फ सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका थिए । मन्त्रीको त्यो भनाइलाई लिएर आलोचना भइरहेको छ । तर स्वास्थ्य मन्त्रालयले भने मन्त्रीले प्रशासनिक सुधारको काम गरिरहेको भन्दै त्यो अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडेर आलोचना हुने गरेको भन्दै त्यसरी नजोड्न आग्रह गरेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, असार २९, २०८० १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।