April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

हर्कलाल मार्गमा स्थानीयले बिरोध रुवरुप चोकमै रोपे धान

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १६:३0
हर्कलाल मार्गमा स्थानीयले बिरोध रुवरुप चोकमै रोपे धान
  •  बिर्तामोड–४  हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले रोपे धान
  • बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध
  • बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप एसो गरेका स्थानीय बताउछन

बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले धान रोपेका छन् ।स्थानीयले शनिवार(आज) बिहान बिरोध स्वरुप धान रोपेका हुन् ।

स्थानीयका अनुसार जनप्रतिनिधिलाई पटक–पटक पुरुवाका लागि जानकारी गराउँदा समेत वास्ता नगरेको र बर्षात शुरु भएसँगै बाटोबाट आवत–जावत गर्न समस्या भएकाले बिरोध स्वरुप बाटैमा धान रोपिएको हो ।

सो बाटोमा पुरुवाका लागि पटक–पटक बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मालाई मौखिक तथा लिखित जानकारी साथै नगर प्रमुख पबित्रा महतरा प्रसाई र उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई मौखिक जानकारी गराउँदा समेत उनीहरुले चासो नदिएको स्थानीय गोपी अधिकारी बताउँछन् ।

उक्त बाटोमा बर्खा लागेसँगै स्थानीयलाई आवत–जावतमा समस्या भएकोले बिरोध स्वरुप बाटोमा धान रोपेको स्थानीयको भनाई छ । केही दिन अघि बिर्तामोड–७ स्थित बिर्तामोड नगर अस्पताल जाने बाटोमा पनि स्थानीयले धान रोपेर बिरोध जनाएका थिए ।

  • साझा परिवेश
  • शनिबार, असार ३०, २०८० १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।