April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:१६
उडुसले आतंक मच्चाएपछी मार्नलाई सार्वजनिक घोषणा
  • अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय
  • फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो
  • पेरिस ओलम्पिकअघि फ्रान्समा उडुस आतंक

काठमाडौं ।।

सन् २०२४ को ओलम्पिक आयोजना अधिकार पाएको फ्रान्स अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ । तर, यो चर्चाले फ्रान्सको ओलम्पिक आयोजनासँग भने कुनै सम्बन्ध राख्दैन । फ्रान्स सरकारले गत हप्ता एक अनौठो घोषणा गर्‍यो । अनौठो यस अर्थमा, त्यस्तो घोषणा विश्वका अन्य देशहरूबाट विरलै सुन्न पाइन्छ । फ्रान्स सरकारले उडुसविरुद्ध संगठित रूपमा लड्ने घोषणा गरेपछि हो, अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो सम्पन्न युरोपेली मुलुक चर्चाको विषय बनेको ।  सामान्यतया, ओछ्यानको कुना–काप्चामा बस्ने उडुसले अहिले फ्रान्समा आतंक नै मच्चाइरहेको छ । सार्वजनिक यातायात, अस्पताल, सिनेमाघर र केही विमानस्थलमा पनि उडुसले उत्पात मच्चाउन थालेको छ ।

उडुसले उत्पात मच्चाउन थालेपछि फ्रान्स सरकारले यसविरुद्ध लड्ने ठोस प्रयासका लागि सार्वजनिक घोषणा नै गर्नुपरेको हो ।  मानव शरीरबाट रगत चुस्ने यो परजीवी अहिले पेरिस मेट्रो, उच्च गतिका ट्रेनहरू र पेरिसको चाल्र्स डे गुएल विमानस्थलमा छ्याप्तछ्याप्ती देखिन्छन् । यात्री तथा पर्यटकहरूले सामाजिक सञ्जालमा हालेको यसको भिडियो सामाजिक सञ्जालभरी छन् । “फ्रान्सले सन् २०२४ को ओलम्पिक र पारालम्पिक आयोजनाको तयारीलाई तीव्र बनाइरहँदा राज्यले यस (उडुस) विरुद्ध तत्कालै योजना कार्यान्वयन गर्न आवश्यक छ,” फ्रान्सको राजधानीका उपमेयर इमानुयल ग्रेगोइरले प्रधानमन्त्री इलिजाबेथ बोर्नेलाई लेखेको पत्रमा उल्लेख छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?