May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १२:0७
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

कोशी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ।

एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ। मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको छ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ। ७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ।

कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन्। सदस्य सचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव छन्।

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट