sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १२:0७
कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस

कोशी प्रदेशको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिस गरिएको छ।

एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ बसेको पहिलो मन्त्रिपरिषदको बैठकले तीन निर्णय गरेको छ। मन्त्रिपरिषद्ले प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गरेको छ।

त्यस्तै, बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ भने संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ। ७ सदस्यीय कार्यदलमा प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यलाई संयोजक तोकिएको छ।

कार्यदलको सदस्यमा पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन्। सदस्य सचिवमा कोशी प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिव छन्।

मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र माओवादी केन्द्रबाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २८, २०८१ १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid