April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै

विकासका लागी ६ वटै महिनाको नाम असार राखौं : रास्वपा सांसद

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १६:२३
विकासका लागी ६ वटै महिनाको नाम असार राखौं : रास्वपा सांसद
  • सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना 
  • ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह
  • असार महिनामा विकासको मुहानै फुटेको देख्न पाएँ’

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकषण गरे ।

‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह गर्दछु’ उनी भन्छन्, ‘ हो सभामुख महोदय, ६ वटै महिनाको नाम नै असार राखिदिऔं भनेको हो, असार महिना लागेदेखि मैले मेरो निर्वाचन क्षेत्रसहित देशका सबैतिर विकासको मुहानै फुटेको देख्न पाएँ’ सांसद पराजुलीले ब्यङ्ग्य गरे ।

असारमा चक्रपथको सर्भिस ट्रयाकमा ढलका पाइप बिछ्याउँदै गरेको, रातदिन पानी परिरहेका बेलामा पनि धमाधम कालोपत्रे गरेको देखिएको सांसद पराजुलीले बताए । तर केही दिनमा नै त्यही कालोपत्रे सडकमा ढलका पाइप बिच्छ्याउन, खानेपानीको पाइप जोड्न र विजुलीको तार अन्डरग्राउण्ड गर्न भन्दै भत्काइएको पनि उनले बताए ।

‘असार सक्कि त गयो, गाड्दा गाड्दै गरेको ढल, जोड्दा जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो’ उनी भन्छन्, ‘वर्षाको सिजनमा पानी पन थालेपछि गरेको कालोपत्रे बगायो, वाल भत्कियो, पानीले बाटो फेरि खाल्डै खाल्डो बनायो ।’ असार बाहेकका ११ महिना सबै नेताहरुका लागि त्यही खाल्डो परेको बाटो भाषण ठोक्न र सोझा जनतालाई झुक्याउन समय खर्चिने उनले बताए ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।