sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:३१
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै
  • काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे
  • प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो 
  • दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा

काठमाडौं ।। 

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरू पार्टी कार्यालय च्यासल हुँदै कार्यक्रमस्थल तीनकुने पुगेका हुन्। उनीहरूलाई प्रहरीले स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याएको थियो। उता, दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा भएका छन्।

त्यहाँ अहिले प्रसाईं पक्षका झण्डै ३ सय कार्यकर्ता जम्मा भएको भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टले जानकारी दिए। प्रहरीका अनुसार प्रसाईंको नेतृत्वमा उक्त र्‍याली पेप्सिकोला–कोटेश्वर–सातदोबाटो हुँदै बल्खु पुग्नेछ। प्रसाईंको र्यालीलाई पनि प्रहरीले स्कटिङसहित कार्यक्रमस्थल पुर्‍याउनेछ। दुई पक्षबीच झडप हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid