May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:३१
युवा संघको र्‍याली सुरु, दुर्गा प्रसाईंको टोली जम्मा हुँदै
  • काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगे
  • प्रदर्शनमा सहभागीहरूलाई स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याइयो 
  • दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा

काठमाडौं ।। 

काठमाडौंमा प्रदर्शनरत युवा संघको टोली तीनकुने पुगेको छ। भक्तपुरबाट र्‍यालीसहित आएको युवा संघका कार्यकर्ताहरूको टोली तीनकुने पुगेको हो। प्रशासनले आज हुने प्रदर्शनका लागि युवा संघलाई तीनकुनेमा स्थान तोकिदिएको छ। संगठनका ईन्चार्ज समेत रहेका महेश बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरू पार्टी कार्यालय च्यासल हुँदै कार्यक्रमस्थल तीनकुने पुगेका हुन्। उनीहरूलाई प्रहरीले स्कटिङसहित भक्तपुरबाट तीनकुने पुर्‍याएको थियो। उता, दुर्गा प्रसाईंका कार्यकर्ता पनि भक्तपुरको सानोठिमिस्थित चौरमा जम्मा भएका छन्।

त्यहाँ अहिले प्रसाईं पक्षका झण्डै ३ सय कार्यकर्ता जम्मा भएको भक्तपुरका प्रहरी प्रमुख एसपी वेद विष्टले जानकारी दिए। प्रहरीका अनुसार प्रसाईंको नेतृत्वमा उक्त र्‍याली पेप्सिकोला–कोटेश्वर–सातदोबाटो हुँदै बल्खु पुग्नेछ। प्रसाईंको र्यालीलाई पनि प्रहरीले स्कटिङसहित कार्यक्रमस्थल पुर्‍याउनेछ। दुई पक्षबीच झडप हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।

 

 

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १२:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।