April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ

बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:0१
बिहीबार २०२४ को पहिलो उल्का वर्षा देखिने

काठमाडौं । सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई ‘भूतप उल्का’ वर्षा नाम दिइएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

भूतप उल्का वर्षा स्थानीय समयअनुसार पुस १९ गते दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि राति ११ : ३० बजेदेखि भोलिपल्ट अर्थात् बिहान पुस २० गतेको सूर्योदयभन्दा अगाडि हेर्न सकिनेछ । अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरुले मनोरञ्जन लिन सक्ने भट्टराईले जनाए ।

अत्यधिक उल्का वर्षाको समयमा प्रति घण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्का जस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमिमाथि वायुमण्डलमा देखिने छन् ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिने अध्यक्ष भट्टराईले जानकारी दिए । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको वा तारा पोइल गएको पनि भनिन्छ ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।