sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:१६
शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी
  • सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने 
  • विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी

काठमाडौं ।।

डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका हुन् ।

लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको भन्दै उनले पछिल्लो समय सीटीईभीटीले नर्सिङलगायतका विषयमा चर्को शुल्क बढाएकोप्रति ध्यानाकर्षण भएको बताए ।

देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु आफैँमा विडम्बनाको कुरा भएको उनले उल्लेख गरेका छन् । एकै वर्षमा २५-३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उनको ठहर छ ।

स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण सीटीईभीटीले यस्तो निर्णय गरेको उनले उल्लेख गरेका छन् । उनका अनुसार चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सीटीईभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।

“शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,” उनले विज्ञप्तिमा लेखेका छन्, “त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ ।”

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid