May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:१६
शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी
  • सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने 
  • विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी

काठमाडौं ।।

डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका हुन् ।

लामो समयदेखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको भन्दै उनले पछिल्लो समय सीटीईभीटीले नर्सिङलगायतका विषयमा चर्को शुल्क बढाएकोप्रति ध्यानाकर्षण भएको बताए ।

देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु आफैँमा विडम्बनाको कुरा भएको उनले उल्लेख गरेका छन् । एकै वर्षमा २५-३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित भएको उनको ठहर छ ।

स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण सीटीईभीटीले यस्तो निर्णय गरेको उनले उल्लेख गरेका छन् । उनका अनुसार चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सीटीईभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।

“शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौँ,” उनले विज्ञप्तिमा लेखेका छन्, “त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौँ ।”

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट