May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

भ्रष्टाचारविरोधी अभियानको ऐनमा सुधार गर्नुपर्छ : प्रधानमन्त्री

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:४५
भ्रष्टाचारविरोधी अभियानको ऐनमा सुधार गर्नुपर्छ : प्रधानमन्त्री
  • बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रधानमन्त्री प्रतिवद्ध 
  • ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने
  •  भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ सरकारले हेरिरहेको छ 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिवद्ध रहेको बताएका छन् ।

बुधबार ६१औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेको उल्लेख गरे ।

त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने स्थिति हुन नदिन ‘दोषी नछुटोस्, निर्दोष नपरोस्’ भन्ने मान्यताअनुसार केही नियमावलीमा, ऐनमा सुधार गर्ने उनले बताए ।

“सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रताका साथ अघि बढाइरहेको छ,” उनले भने, “भ्रष्टाचारको कुरा गर्दैगर्दा त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्नेस्थिति हुन नदिन दोषी नछुटोस्, निर्दोष नपरोस् भन्ने मान्यताअनुसार केही नियमावलीमा, केही ऐनमा सुधार गर्ने विश्वास दिलाउन चाहन्छु ।”

असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउने र बनेका पूर्वाधार संरचना पनि नटिक्ने तथा उचित सदुपयोग नहुने विकासको प्रविधिलाई बदल्नुपर्ने उनको भनाइ छ ।

“विकास बजेटको ठूलो हिस्सा असारमा खर्च हुन्छ । असारमा गरिएका विकास निर्माणका कार्य मनसुनको बाढी र पहिरोले बगाउँछ,” उनले भने, “बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने यो विकासको प्रविधिलाई बदल्नैपर्छ ।” प्रधानमन्त्रीले सरकार नागरिकको सुरक्षा र समृद्धितर्फ अघि बढिरहेको बताए ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १२:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।