May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

‘म गुटको शिकार भएको छु’ : भीम पराजुली

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:२८
‘म गुटको शिकार भएको छु’ : भीम पराजुली
  • कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप
  • ‘गुटको शिकार भए भीम पराजुली
  • धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने
  • गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले आफूलाई संसदीय दलको नेतामा कोशीमा हराउन पार्टीका गुटहरु लागेको आरोप लगाएका छन् । केन्द्रीय समितिको आइतबार बोल्ने क्रममा पराजुलीले भने, ‘गुटको शिकार म पनि भएको छु । संसदीय दलको नेतामा उठ्दा सबैतिरबाट खुलेआम हराउने काम भयो ।’

पार्टीभित्र विश्वसनीय कारबाहीको अवस्था नरहेकाले कारबाहीको सिफारिस नगरेको उनले बताए । कोशीमा कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनमा पराजुलीले तेस्रो स्थानको मत पाएका थिए ।

एक गुटको नेता अर्को गुटमा जाँदा सम्मानजनक व्यवहार नगरिएको गुनासो पराजुलीले बैठकमा राखे । ‘अरु पार्टीका नेताहरुसँग समधुर सम्बन्ध राख्ने तर आफ्नै पार्टीका नेता कार्यकर्तासँग दुश्मन जस्तो व्यवहार गरेको देखिन्छ,’ पराजुलीले भने ।

९४ प्रतिशत ओमकार परिवार रहेकाले धार्मिक स्वतन्त्रता सहितको वैदिकता कांग्रेसले अबलम्बन गर्नुपर्ने पराजुलीले बताए । उनी भन्छन्, ‘कांग्रेसले धर्म र संस्कृति विभाग छुट्टै गठन गर्नुपर्दछ ।’

पराजुलीले तरुण दलमा ४०, नेविसंघमा ३२, महिला संघ ४५ वर्षको उमेर हद राख्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । युवालाई महाधिवेशन प्रतिनिधि संख्या बढाउन छुट्टै आरक्षणको व्यवस्था गरेर १८ देखि ४० वर्ष उमेर समूहको संख्या बढाउनुपर्ने पराजुलीले बताए ।

‘केन्द्रीय समितिमा पनि सोही अनुसारको आरक्षणको व्यवस्था मिलाउनुपर्दछ ’ पराजुलीले भने । गुनासो र समस्या सुन्ने छुट्टै संयन्त्र बनाउनुपर्ने राय दिए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।