sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:३५
विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक
  • १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा
  •  विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक
  • यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्छ 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ ।

‘फेरि यो सानो परिमाणमा आएको सुन होइन, यत्रो ल्याउनलाई कुनै साँठगाँठबिना कोही किन तयार हुन्छ ?’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी आशंका गर्छन्, ‘त्यसैले विमानस्थलभित्र प्रहरी, भन्सारदेखि लिएर अन्य संयन्त्रका कर्मचारीहरुमाथि पनि छानबिन आवश्यक देखिएको छ ।’

हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिए पनि सबै जाँच कसरी पार भयो भन्ने अनौठो देखिएको उनले बताए ।

‘पहिले म्यानुअल्ली जाँच हुन्थ्यो, छुट्यो होला भन्ने हुन्थ्यो । तर अहिले परिस्थिति फरक हो’, उनी भन्छन्, ‘ढुक्कसँग काम गर्नलाई त कुनै नेटवर्क जोडिएको हुनसक्छ । यसमा गम्भीर छानबिन जरुरी देखिन्छ ।’

राष्ट्रिय अनुसन्धान विभाग (राअ वि) का पूर्वप्रमुख देवीराम शर्मा पनि विमानस्थलभित्र भएका संयन्त्रबारे छानबिन जरुरी देखिएको बताउँछन् ।

‘भन्सारभित्र प्रहरीको जाँच हुँदैन, त्यसमा प्रहरी र भन्सार कर्मचारीबीच समन्वय जरुरी देखिन्छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउँछ ।’ यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्ने उनी बताउँछन् ।

राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो । मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid