May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:४६
अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ ।

नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई आर एफ एम फेसिलिटी (रन्जीत शाह) मुख्य प्रायोजक रहेको छन भने क्याफ्लर (बिबेक ढकाल) सह प्रायोजक र (गगन शर्मा) रातो घरको सहयोग रहेको छ ।

पहिलो पटक तिहार गीत बजारमा ल्याएकी उनले भिडियोमा साथीभाई तथा घर परिवारदेखि सम्पूर्ण आफन्तहरुलाई समेत समावेश गरिएको छ । गीत रिलिजको छोटो समयमै राम्रो प्रतिक्रिया आईरहेको जेनिशाले बताईन् । उनले भनिन् – “आफुले सोचे भन्दा राम्रो प्रतिक्रिया पाउँदा अझै उत्साह थपिएको छ ।”

जेनिशाका विशेषगरी आधुनिक गीति संग्रहहरु बजारमा छन् । सन् २०१५ बाट सागींतिक यात्रा सुरु गरेकी जेनिशा २००९ मा अस्ट्रेलियामा आएदेखी नै अधिकाशं गीत सिड्नीमै रेकर्ड गर्ने गरेकी छिन् । उनी अस्ट्रेलियामै रहेर नेपाली गीतसगींतमा निरन्तर लागि रहने उद्धेश्य रहेको बताउँछिन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।