May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

महान्यायाधिवक्ताको रायले मात्र मिटरब्याजको विधेयक अगाडि बढ्ने

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १४:0४
महान्यायाधिवक्ताको रायले मात्र मिटरब्याजको विधेयक अगाडि बढ्ने
  • राष्ट्रिय सभाले महान्यायधिवक्ता कार्यालयको राय लिने
  • राय लिएर मात्र विधेयक अगाडि बढाउने 
  • अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयकमा महान्यायधिवक्ताले बोल्ने 

काठमाडौं ।।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले महान्यायधिवक्ता कार्यालयको राय लिने भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महान्यायधिवक्ता कार्यालयको राय लिएर विधेयक अगाडि बढाउनु उपयुक्त हुने बताएका हुन् ।

छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बिहीबार नै मिटरब्याज सम्बन्धी विधेयक अगाडि बढाउने प्रस्ताव राखेका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने प्रतिस्थापन विधेयक सामान्य विधेयकझैं अगाडि बढाइएको उल्लेख गर्दै थप छलफल आवश्यक भएकोमा जोड दिएका थिए ।

एमालेले थप छलफल गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले महान्यायधिवक्तालाई कार्य व्यवस्था परामर्श समितिको बैठकमै आमन्त्रण गर्ने प्रस्ताव राखे । जस अनुसार यही साउन ७ गते दिउँसो ३ बजेर १ मिनेटमा कार्य व्यवस्था परामर्श समितिको बैठक राख्ने र उक्त बैठकमा महान्यायधिवक्तालाई आमन्त्रण गर्ने तय भएको राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटा मिटरब्याज सम्बन्धी विधेयकमा फेरि छलफल गर्ने तय भएको बताउँछिन् । महान्यायधिवक्तालाई बोलाउने निर्णयबारे उनी भन्छिन्, ‘अर्को बैठक राखेर अगाडि बढाउने विषयमा छलफल गर्ने तय भएको छ । छलफलमा बोलाउन मिल्ने हदसम्म बोलाएर छलफल गर्न सकियो ।’

सरकारले गत वैशाखमा मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो । सो अध्यादेशको प्रतिस्थापन विधेयक सरकारले राष्ट्रियसभामा पेश गरेको थियो ।

राष्ट्रियसभाले असार १५ गते पारित गरेर प्रतिनिधिसभामा पठाएको उक्त प्रतिस्थापन विधेयक समयमा पारित हुन नसकेपछि अध्यादेश निष्क्रिय हुन पुगेको थियो । तर सरकारले सोही प्रतिस्थापन विधेयकलाई ३१ असारमा प्रतिनिधिसभाबाट संशोधनसहित सर्वसम्मतिले पारित गरेको थियो।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको उक्त विधेयक राष्ट्रिय सभाले स्वीकार गरेमा प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइन्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

पहिले राष्ट्रियसभाले पारित गरिसकेको विधेयक भए पनि प्रतिनिधिसभाले संशोधनसहित पारित गरेकाले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यस विषयमा चासो राखेका छन् ।

मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्याविधि संहितामा लेनदेनका विषय सम्बोधन गरिएको छ ।

जहाँ स्थानीय जनप्रतिनिधिसभाको अनुपस्थितिमा हुने व्यक्ति व्यक्तिबीचको लेनदेन (तमसुक) लाई अनुचित लेनदेन भनेर अर्थ लगाइएको छ ।

अनुचित लेनदेनलाई ठगी सरहको कसुर बनाइएको छ । अनुचित लेनदेनका आधारमा कसैको सम्पत्ति लिएको भए फिर्ता गर्नु पर्ने लगायतका विषय पनि विधेयकमा समेटिएका छन् ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।