May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

२ जनाको मृत्यु भएको आक्रोसमा बसमा आगजनी

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:५0
२ जनाको मृत्यु भएको आक्रोसमा बसमा आगजनी
  • आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु
  • एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु
  • मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिए

काठमाडौं ।।

सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि बसमा आगो लगाएका हुन् । घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलबाट शव उठाएर अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको समेत उनले जानकारी दिए ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।