May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

कांग्रेसमा एसी ,बीसी, सीसी र डीसी लागु हुनुपर्यो : मधु आचार्य

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १७:0६
कांग्रेसमा एसी ,बीसी, सीसी र डीसी लागु हुनुपर्यो : मधु आचार्य
  • सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखे
  • एसी, बीसी सीसी र डीसी कांग्रेस बनाऔं

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी रुपान्तरणका लागि चारवटा प्रस्ताव राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा आचार्यले एसी, बीसी, सीसी र डीसी कांग्रेसको प्रस्ताव गरेका हुन् ।

आचार्यका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ । एजेण्डाको आधारमा पार्टी सञ्चालन भए गुट स्वतः समाप्त हुने उनको दाबी छ ।

बीसी कांग्रेसलाई उनले बेस कांग्रेसका रुपमा अथ्र्याएका छन् । जगलाई आधार बनाएर पार्टी गतिविधि तल्लो तहमुखी हुनुपर्ने उनको भनाइ छ । ‘नेता र उम्मेदवार चुन्दा जगका सदस्यहरुको रायका आधारमा छानौं,’ आचार्यले भने ।

सीसी कांग्रेस अन्तर्गत क्लिन कांग्रेस । भ्रष्टचार मुक्त, सुशासनयुक्त कांग्रेस बनाउन भ्रष्टचार विरोधी अभियान सुरु गर्नुपर्ने उनको राय छ । आचार्य भन्छन्, ‘भ्रष्टचार विरोधी आन्दोलन पहिले पनि कांग्रेसले गरेको हो । अहिले पनि कांग्रेस नै अग्रसर हुनुपर्दछ ।’

कांग्रेस रुपान्तरणका लागि बैठकमा राखेको उनको चौथो प्रस्ताव डिसी अर्थाते डिजीटल कांग्रेस । डाटाको आधारमा काम गर्ने कांग्रेस बनाउन उनको नेतृत्वसँग आग्रह छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १७:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।