May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दुर्गन्ध हटाउन ‘क्यापिङ’ गर्दै

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:४९
दुर्गन्ध हटाउन ‘क्यापिङ’ गर्दै
  • काठमाडौं उपत्यकाको फोहोर पाँच दिनदेखि विसर्जन हुन पाएन 
  • बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध

काठमाडौं ।।

काठमाडौं उपत्यकाको फोहोर पाँच दिनदेखि विसर्जन गरिएको छैन । नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरिएको हो । गएको सोमबारदेखि नुवाकोटको ककनी गाउँपालिका-२ र धादिङको धुनीबेँसी नगरपालिका-१ का स्थानीयवासी सडकमा उत्रिएर फोहोरका गाडीलाई अघि बढ्न रोकेका छन् ।

फोहोरको दुर्गन्धले आफूहरूलाई गाह्रो भएको भन्दै उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । संघ सरकार र काठमाडौं महानगरपालिकासित यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

यसैबीच, ल्यान्डफिल साइटमा यसअघि फालिएका फोहोर माटो हालेर पुर्ने र दुर्गन्ध कम गर्ने कार्य भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।

“यसअघि फालिएका फोहोर दुर्गन्ध कम गर्न क्यापिङ गर्ने कार्य भइरहेको छ, माटो हालेर त्यसलाई ढाकिँदै छ । हिजो र आजसम्म ढाक्ने काम सकिन्छ होला,” उनले भने ।

गएको बुधबार सहरी विकास मन्त्रालयमा जनप्रतिनिधिसहित स्थानीयवासी छलफलका लागि आएका थिए । अध्यक्ष तामाङका अनुसार मन्त्रालयका तर्फबाट अनौपचारिक रूपमा छलफलका लागि बोलाइएको थियो । त्यसक्रममा दुई दिनभित्र फोहोरलाई ‘क्यापिङ’ गर्ने मौखिक सहमति भएको उनले जानकारी दिए ।

त्यसपछि फोहोरको दुर्गन्ध कम गर्न हिजोदेखि क्यापिङ गरिँदै छ । क्यापिङ गरिसकेपछि तत्काललाई फोहोर विसर्जनमा अवरोध नगरिने उनको विश्वास छ ।

“क्यापिङ गरिसकेपछि स्थानीयले फोहोर विसर्जन गर्न दिनुहुन्छ होला । मन्त्रालयमा लिखित सहमति नभएको भनेर उहाँहरू असन्तुष्ट त हुनुहुन्छ, तर अहिले दुर्गन्ध कम गरेपछि फोहोर फाल्न दिनेजस्तो हामीले बुझेका छौँ,” उनले भने ।

मन्त्रालयले आफूहरूसित समन्वय गरेर काम गरिरहेको उनले बताए । काठमाडौं महानगरपालिकाले भने अहिले कुनै समन्वय नगरेको उनको गुनासो छ । अप्ठ्यारो पर्दा मात्र महानगरले सम्झिने गरेको उनको भनाइ छ ।

काठमाडौं महानगरका जनप्रतिनिधिले भने फोहोरको सहज व्यवस्थापनका लागि आफूहरू लागिपरेको जिकिर गरेका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले स्थानीयको अवरोधका कारण पाँच दिनयता फोहोर विसर्जन गर्न नसकिएको बताए । “दुर्गन्धित भयो भन्ने उहाँहरूको कुरा छ, कसरी व्यवस्थापन गर्ने भनेर हामी लागिपरेका छौँ,” उनले भने ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट