May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ : सभापति देउवा

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:२७
कहिलेकाहीं आफ्ना कुरा भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना कुरा कहिलेकाही भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौंको जिल्ला सम्मेलन उदघाटन गर्दै उनले बोल्दाबोल्दै हल खाली हुने गरेकाले पूरा भनाई भित्तालाई पनि सुनाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका हुन् ।

सभापति देउवाले भने,‘अहिले कस्तो अवस्था भइसक्यो भने मान्छे बोल्दाबोल्दा हल खाली भइसकेको हुन्छ । कुरा पूरा सुनाउनैपर्यो, पूरा कुरा कहिलेकाहीं भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । केही छैन् ।’

संघीय राजधानी रहेको काठमाडौंको सम्मेलन सबैका लागि महत्वपूर्ण भएको भन्दै यसले देशैभरी राम्रो प्रभाव पार्नुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं जिल्ला मात्रै नभएर देशको राजधानी पनि हो । त्यसैले यो सम्मेलन भनेको महत्वपूर्ण सम्मेलन हो । त्यसकारण राजधानीको सम्मेलनले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा महत्व राख्छ । भोलिका दिनमा राम्रा प्रस्तावहरु पास गर्नुहुनेछ, राम्रो काम गर्नुहुनेछ । सम्मेलनले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रभाव पार्ने किसिमको काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, माघ २६, २०८० १६:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।