May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:५0
रास्वपाको यो मुलुकप्रति कुनै दर्शन, योजना, भिजन, नीति र कुनै योजना नै छैन : पृथ्वीसुब्बा गुरुङ
  • पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताए
  •  जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन
  • नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने

पोखरा ।।

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् । नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावादमा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुमा भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ गुरुङले भने, ‘राजनीतिमा एउटा कुनचाहिँ चटकेवालहरु चलिराखेका छन्, जसको मुलुकप्रति कुनै दर्शन छैन, कुनै योजना छैन, कुनै भिजन छैन, कुनै नीति छैन ।’

नीतिबिनाको पार्टीले देशको विकास गर्न नसक्ने र त्यो केवल चटक मात्रै हुने गुरुङको धारणा छ । ‘दुनियाँमा यस्ता रमिते र चटकेहरु धेरै देखेका छौं । त्यस्ता चटकेहरु हामीले भारतमै देखेका छौं, अमेरिकामा देखेका छौं, रुसमा देखेका छौं, अस्ट्रेलियामा देखेका छौं’, उनले भने, ‘तर, लोकप्रियतावादले भिजनबिनाको, नीतिबिनाको, योजनाबिनाको पार्टीले मुलुकलाई अगाडि हाँक्न सक्दैन ।’

गुरुङले अगाडि भने, ‘यो मुलुकमा राष्ट्रिय स्वतन्त्र पार्टी नामको पार्टी छ, जसको कुनै भिजन छैन, कुनै योजना छैन, कुनै नीति छैन त्यसैले युवाहरुलाई दिग्भ्रमित भइराखेका छन् । यो दिग्भ्रमबाट मुक्त हुनुहोस् ।’ उपमहासचिव गुरुङले गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै भए पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।  ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सुधार गर्नुपर्ने धेरै होलान् । तर, यसलाई मन परेन भनेर राजतन्त्रको विकल्प हुन सक्दैन’, गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले भने ।

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट