May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:0२
२०८४ सालमा जे गरेपनि अहिले चै पार्टी बनाउनतिर लागौं : बद्री पाण्डे
  • २०८४ सालको प्रतिस्पर्धा 
  • एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन
  • पार्टी बनाउनतिर लागौं

काठमाडौं ।।

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले २०८४ सालमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने कि गठबन्धन बनाउने अहिले नै निर्णय गर्नु नपर्ने बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा सहमहामन्त्री पाण्डेले भने, ‘एक्लै लड्ने कि गठबन्धन गर्ने अहिले निक्र्यौल गर्नुपर्दैन । पार्टी बलियो बनाउँदै गयौं भने एक्लै लड्नुपर्ने जनमत छ । पार्टी बनाउनतिर लागौं ।’

संस्थापनइतरका नेता डा. शेखर कोइरालाले यसै बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गर्नुपर्ने तर्क राखेका थिए । तर पाण्डेले कोइरालाले भन्दा फरक मत राखेका हुन् ।

भ्रष्ट्राचार विरुद्ध वर्तमान सरकारले गरेका कामको कांग्रेसले स्वामित्व लिन नसकेको पाण्डेको निष्कर्ष छ । अहिलेको प्रधानमन्त्री कांग्रेसले नै बनाएको भन्दै उनले मन्त्रिपरिषदका कुनै सदस्यले गरेको राम्रो कामको स्वामित्व पनि कांग्रेसले लिनुपर्ने धारणा राखे । केन्द्र र प्रदेशका बजेटप्रति आमनागरिक तथा जनप्रतिनिधि र सांसदहरु स्वयं असन्तुष्ट रहेको उनले बैठकमा सुनाए ।

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० १७:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।